नयाँलिपिः नेकपा एमालेकी नेतृ मिना गुरुङलाई सूर्यदर्शन सहकारी ठगी प्रकरणउपर आज कास्की जिल्ला अदालतले ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
गुरुङ सहकारीकी पूर्वउपाध्यक्ष हुन् । उनको कार्यकालमा मिलान हुन नसकेको रकमको बिगो अभियोजनमा उनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।
मिनासँगै उनका बुबा कृष्णबहादुर गुरुङलाई पनि रिहा गर्न आदेश आएको छ ।
कृष्णलाई १ लाख रुपैयाँ धरौटी तोकिएको छ । मिना यसअघि गण्डकी प्रदेशमा समानुपातिक सांसद थिइन् ।
त्यस्तै, एउटै आरोपमा आरती गुरुङलाई पनि ५ लाख रुपैयाँ धरौटीमा रिहा आदेश दिइएको छ ।