अमेरिका आगलागी अपडेट : ५ जनाको मृत्यु,आगो नियन्त्रण बाहिर

 

एजेन्सी । अमेरिकाको लस एन्जलसको जंगलमा भएको आगलागीका कारण अहिलेसम्म ५ जनाको मृत्यु भएको छ ।

वनमा लागेको आगलागीका कारण अन्य तीन जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । यसअघि अधिकारीहरूले दुई जनाको मृत्यु भएको पुष्टि गरेका थिए।

केही घाइते भएका छन् । हालसम्म एक हजारभन्दा बढी घर वा भवनहरू क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएको बीबीसीले जनाएको छ ।

आगलागी नियन्त्रणमा आउन सकेको छैन । क्यालिफोर्नियालगायत एरिजोना बाहिरका अधिकारीहरू पनि अग्नि नियन्त्रकहरूलाई मद्दत गर्न आएका छन् ।

Exit mobile version