एजेन्सी । वासिङटन डिसी अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो फैलिएको छ।
बीबीसी समाचार अनुसार आगलागी २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको छ ।
दमकल विभागले आगलागी भएको क्षेत्रबाट ३० हजार मानिसलाई बाहिर निकाल्न निर्देशन दिइएको बताएका छन्। यस वनको आगलागीबाट १३ हजार भवन जोखिममा छन्।
केही भिडियो फुटेजमा प्यासिफिक पालिसेड क्षेत्रका घरहरू नजिकका क्षेत्रहरूबाट बाक्लो धुवाँ निस्किरहेको देखिन्छ। यहाँ बसोबास गर्ने मानिसहरू आफ्नो घर र सवारीसाधन छोडेर भागेका देखिन्छन्।आगो अझै फैलिने खतरा भएकोले उक्त ठाउँको लाखौ मानिसहरुलाई चेतावनी जारी गरिएको छ ।