लेखनाथ । कास्कीको लेखनाथमा जारी २० औं लेखनाथ महोत्सवमा सय भन्दा वढि प्रजातीका माछा हेर्न पाईने भएको छ । महोत्सवमा पहिलो पटक राखिएको अक्वारियममा विभिन्न जातका रङ्गी विरङ्गी माछाले दर्शकहरुको ध्यान तान्ने गरेको छ ।
अक्वेरियम भित्र समुद्र मुनीको यात्राको महशुस गर्दै दर्शक र विद्यार्थीहरु फोटो खिचाउन भिड लाग्ने गरेको छ ।
अक्वारियमले महोत्सवमा थप आकर्षण दिएको र माछा सम्बन्धी थप अनुसन्धानका लागि पनि उपयुक्त भएको छ । माछालाई उपयुक्त वातावरण र पानीको गुणस्तर मापन गरी व्यवस्थापन गर्न ठूलो लगानी र वातावरणलाई ख्याल राख्नु पर्ने हुँदा थप ब्यवस्थापन गर्न आवश्यक रहेको छ ।
विषेश गरी बालवालिकाको लागि थप आकर्षक बनेको लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष एवं अर्थ तथा वित्त व्यवस्थापन समितिका संयोजक धु्रवबाबु भट्राईले जानकारी दिए ।
यसैबिच महोत्सवको छैंटौ दिन मंगलबार करिव १० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने ३० लाख बरावरको आर्थिक कारोबार भएको महोत्सवका प्रचार प्रसार उप समितिका संयोजक जानुका अधिकारीले जानकारी दिईन ।
हालसम्म महोत्सवको ९६ हजार दर्शकहरुले अवलोकन गरेका छन भने ३ करोडको कारोबार गर्न सफल भएको छ ।
महोत्सवमा बुधबार लोकदोहोरीतर्फ बद्री पँगेनी, टिका सानु, प्रेमराज अधिकारी, रिया खड्का, रतिमाया खड्का, सन्तोष सुवेदी र बेलुका कन्सर्टमा रमेशराज भटृराई र सिर्जना खत्री हाउडे मायाको प्रस्तुती रहने कलाकार ब्यवस्थापन समितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले जानकारी दिए ।