इंग्लिस प्रिमियर लिग : सिटीको फराकिलो जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग (इपीएल)मा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले शनिबार भएको  खेलमा वेष्टह्याम्पलाई ४-१ गोलको फराकिलो अन्तरले जित निकालेको छ ।

वेष्टह्यामका भ्लादिमिर कोफलले आत्मघाती गोल गरेपछि सिटीले १० मिनेटमा नै सुरुवाती अग्रता लिएको थियो । त्यसपछि लगातार हाल्याण्डले ४२ र ५५ औँ मिनेटमा गोल गर्दै अग्रता ३-० को बनाए । हाल्याण्डको दोस्रो गोलको तेस्रो मिनेटमा नै सिटीका फिल फोडेनले गोल गरेपछि सिटी ४-० ले अघि रह्यो ।

खेलको ७१ औ मिनेटमा वेष्टह्याम्पका फूलक्रगले सान्त्वना गरे । जुन जितको लागि प्रयाप्त भएन ।

पछिल्लो समय लय गुमाएका सिटीका स्टार खेलाडी हाल्याण्ड पनि लयमा देखिए ।

जितपछि पनि सिटी तालिकाको उहीँ स्थानमा छ । अर्थात् २० खेलबाट ३४ अङ्क सहित सिटी तालिकाको छैटौँ स्थानमा छ भने पराजित वेष्टह्याम्प २३ अङ्क सहित १३ औँ स्थानमा छ ।

Exit mobile version