अर्थशास्त्री पन्तको गाँजा महात्म्यः –‘उत्पादन खुल्ला होस्, सरकारले बेचोस्’

fishtail hospital

नयाँलिपिः पोखराको गैह्रापाटनस्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरमा गाँजाको सम्भावनाबारे बहस गरिएको छ । सेन्टरमातहतको सामाजिक विकास केन्द्रले आयोजना गरेको कचहरीमा गाँजासम्बन्धी प्रवचन दिने प्रमुख पात्र थिए अर्थशास्त्री प्राडा दीपकराज पन्त ।

इटालीको कार्लो कान्टियो विश्वविद्यालयका अर्थशास्त्री पन्तले गाँजाका बारेमा आफूले गरेको अनुसन्धानको सार प्रस्तुत गरे । कुनै पनि औद्योगिक मार्गको उकालोका लागेको गाँजाको यात्रालाई पश्चिमा शक्तिशाली मुलुकले बिराम लगाइदिएको उनले सुनाए । निर्माण सामग्री, कपडा अनि औषधीका रुपमा प्रयोग भइरहेको गाँजालाई लागुऔषधको कोटीमा पारियो ।

प्राडा पन्त संसारमा प्रतिबन्धदेखि खुलासम्म राख्ने गाँजाबारे विभिन्न प्रावधान रहेको औंल्याउँछन् । अमेरिकाको कोलोराडो राज्यले गाँजालाई खुला गरेको छ भने इटाली, उरुग्वे जस्ता मुलुकले नियन्त्रित कारोबार गर्न दिएका छन् ।

उनी भन्छन्, ‘विश्वमा गाँजाको प्रयोगबारे विभिन्न मोडल छन्, हामीले पनि एउटा मोडल अपनाऔं, ‘उत्पादन खुला गरौं, बिक्री सरकारलाई मात्र गर्ने व्यवस्था मिलाऔं ।’ उत्पादित गाँजा सरकारले लिइदिएर त्यसको प्रयोगको प्रबन्ध पनि उसैले मिलाइदिनुपर्ने उनको धारणा छ ।

कचहरीमा प्राज्ञ, प्रहरी, चिकित्सक, कानूनी व्यावसायी, प्राध्यापक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।

Exit mobile version