पार्क निर्माणका लागि सिताराम केसी परिवारद्वारा साढे २ रोपनी जग्गा सहयोग

पोखरा ।सिताराम केसी स्मृतीपोखरा–१५ मितेरी टोलमा समाजसेवी स्व.सिताराम केसीको स्मृतीमा पार्क बन्ने भएको छ । उक्त पार्क मितेरी टोल विकास संस्थाको स्वामित्वमा रहने जनाइएको छ ।

संस्थालाई पार्क निर्माण तथा सोही स्थानमा निर्मित बहुउद्येश्यीय सामुदायीक भवनका लागि लागि स्व.केसीको परिवारले साढे २ रोपनी जग्गा उपलब्ध गराएको हो ।

स्व.केसीका धर्मपत्नी प्रेमकुमारी केसीले एक समारोहका विच उक्त भवन तथा जग्गा भोगचलन हस्तान्तरण पत्रमा हस्ताक्षर गर्नुभयो । उहाँले पार्क निर्माण कार्यको शिलन्यास पनि गर्नुभयो । पार्क बन्ने सो स्थानलाई सिताराम चोक,सिताराम मार्गको नामाकरण समेत गरिएको छ ।

समारोहमा बोल्दै स्व.केसीका सुपुत्र किरण केसीले समाज सेवामा बुवाको विशेष चासो रहेकाले उहाँको सपना साकार पार्न परिवारले उक्त सहयोग उपलब्ध गराएको बताए ।

सामुदायिक भवन निर्माण समितिका अध्यक्ष प्रा.डा.नारायण प्रसाद अधिकारी, पोखरा महानगरपालिका १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ,प्रतिभा टोल विकास संस्थाका लिला बहादुर थापा, समाजसेवी गंगाबहादुर खड्का, वडा १५ का सदस्य बलराम पौडेललगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रेमकुमारी केसी, विशेष अतिथि किरण केसी, स्व. सुर्य बहादुर केसीको धर्मपत्नी बन्दना कार्की केसी, नेपाल भारत मैत्री सम्बन्ध विज्ञ नविता श्रीकान्त लगायतले मितेरी टोलका गतिविधी समेटेर तयार पारिएको पुस्तक मितेरी गतिविधीको विमोचन गरेको थिए ।

संस्थाका अध्यक्ष मनमाया गुरुङ्गको सभाध्यक्षमा भएको समारोहमा भवन निर्माण कार्यमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो । संस्थामा उत्कृष्ट कार्य गरे वापत कोषाध्यक्ष याम प्रसाद गुरुङ्गलाई विशेष सम्मान प्रदान गरेको थियो ।

Exit mobile version