नीति निर्माणदेखि संशोधनमा भूमिमन्त्री पद्याको सक्रियता

पोखराः गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले कृषि क्षेत्रको बृहत्तर विकासमा नीतिगत सुधार आवश्यक भएको बताएकी छिन् ।

श्रेष्ठले एक सय दिनको कार्यप्रगति सार्वजनिक गर्दै कृषि, पशुपन्क्षी, सहकारी र भूमि व्यवस्थापनको नीतिगत तथा कानुनी र कार्यक्रमगत एवं संस्थागत उपलब्धि सार्वजनिक गरेकी हुन् ।

उपलब्धि सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले बजेट कार्यान्वयनको चरणमा रहेकाले सो अनुसार कार्य गर्दै आएको बताइन् । ‘हामी बजेट कार्यान्वयनका चरणमा छौँ । विनियोजित बजेटलाई सही ढङ्गले कार्यान्वयन गर्नु नै अहिलेको जिम्मेवारी हो,’ उनले भनिन्,‘कृषकलाई आवश्यक कतिपय शिर्षकहरु बजेटमा नसमेटिदा कठिनाई पनि भएको छ । यसलाई आगामी बजेटमा समावेश गर्ने गरि तयारी सुरु गरेका छौँ ।’

सय दिनको कामलाई सय पृष्ठकै किताबमा मन्त्री श्रेष्ठले मन्त्रालय मातहत प्रदेशका दुईवटा मुख्य नाका तनहुँको आँबुखैरेनी र स्याङ्जाको मालुङ्गामा स्थापित कृषि तथाप शुपन्छी नियमन इकाईहरु मार्फत प्रादेशिक कृषि आयात र निर्यात तथ्यांक व्यवस्थापन सम्बन्धी कार्यको थालनी गरेको समेत उल्लेख गरिएको छ ।

मन्त्रालय मातहत प्रदेशमा रहेका कार्यालयहरुको अनुगमन गरेको जनाउँदै मन्त्री श्रेष्ठले सेवाग्राहीलाई छिटो छरितो एवं सहज सेवा प्रदान गर्न आवश्यक निर्देशन दिएको बताइन् । विभिन्न जिल्लाका कृषकहरुसँग कृषि क्षेत्रका समस्याबारे गहन छलफल भएको उल्लेख गर्दै उनले समाधानकालागि पहल भइरहेको जनाएकी छिन्

 

Scroll to Top