सूर्यदर्शन सहकारी ठगीका आरोपी विदेश भाग्नै लाग्दा पक्राउ

पोखराः पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न एक जनालाई विदेश उड्नै लाग्दा प्रहरीले पक्राउ गरेको छ ।

सूर्यदर्शन सहकारीका साधारण सदस्य पोखरा घर भएका कृष्ण गुरुङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

उनलाई कतार जान लागेको अवस्थामा पक्राउ गरेर पोखरा ल्याइएको कास्की प्रहरीले जनाएको छ ।

उनीमाथि यसअघि नै पक्राउ पुर्जी जारी भइसकेकाले शुक्रबार सरकारी वकिल कार्यालयमा पेस गरी अनुसन्धानको लागि म्याद थपिएको छ ।

Exit mobile version