कर्मचारी सहकारीको १८ औं वार्षिकोत्सव, नेतृत्वमा पदम सर्वसम्मत

पोखरामा कार्यरत कर्मचारीहरुको अगुवाईमा सञ्चालित कर्मचारी बचत तथा ऋण सहकारी संस्थामा पदमबहादुर घिमिरे सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।

सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा छैटौं अधिवेशनबाट उपाध्यक्षमा सुरेशकुमार श्रेष्ठ, सचिवमा डिल्लीराम रेग्मी, कोषाध्यक्षमा गोपाल शर्मा निर्वाचित भएको निर्वाचन समितिका संयोजक रामजीप्रसाद कोइरालाले जानकारी दिए ।

सहकारी सदस्यमा सुमन शर्मा, चित्रा ढकाल, केदार धमला र चन्द्रकला बस्नेत निर्वाचित भएका छन् । सहकारीको लेखा सुपेरिवेक्षण समितिको संयोजकमा हेरम्ब शर्मा निर्वाचित भए ।

लेखा समितिका सदस्यमा सीता बराल र धनराज पराजुली चयन भएका छन् । सहकारीको ऋण उप समितिमा शिवराज बराल र रमेश पौडेल चयन भएका छन् ।

सहकारीको साधारण सभा तथा अधिवेशन उद्घाटन गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिव बासुदेव रेग्मीले आर्थिक कारोबार गर्ने सहकारीहरु दिनानुदिन कमजोर बन्दै गएको बताए ।

उनले पारदर्शिता, ७ सिद्धान्तको मर्म, भावना र इमान्दारितालाई केन्द्रमा राखेर मात्र सहकारीहरु अघि बढ्नु पर्नेमा जोड दिएका थिए । सहकारीका अध्यक्ष महेशकुमार सिग्देलको अध्यक्षतामा भएको सभामा सचिव रेग्मीले सहकारीले मात्र होईन सिंगो कर्मचारीले वर्किङ मोडालिटी सुधार गर्न आवश्यक भएको बताए ।

‘हिजोको शैलीले अव चल्ने वाला छैन, उनले भने, ‘ठोस नियमको आवश्यक छ, आर्थिक घोटला गर्ने कोही बच्दैनन्’ । रेग्मीले भने, ‘धेरै सहकारी आवश्यक नै छैन, मन्त्रालयले कठोर भएर नीति ल्याउने विषयमा छलफल चलिरहेको उल्लेख गरे’ । भारत, जापान तथा वेलायतमा सञ्चालित सहकारीहरुको उदाहरण दिँदै कृषि तथा पशुपालनमा केन्द्रीत सहकारीहरु स्थापित भएको सचिव रेग्मीले बताए ।

सहकारीहरुले कमजोर धितो र सञ्चालकहरुले व्यक्तिगत प्रालि जस्तो बनाउँदा भिन्न भिन्न समस्या पैदा भएको बताउँदै अनुशासन र डेमोक्रेटिक पन र पद्दतिलाई व्यवहारमा उतार्न कर्मचारी सहकारीलाई सुझाव समेत दिएका थिए ।

शिक्षा समितिका डिल्लीराम रेग्मीले सञ्चालन गरेको सभामा बद्री पौडेलले स्वागत गरेका थिए भने चित्रा ढकालले ७ सिद्धान्त वाचन गरेकी थिइन् ।

सहकारीले एसईई, दशजोड दुई, उच्च शिक्षा प्राप्त गर्नेलाई शैक्षिक पुरस्कार, राम्रो कारोबार गर्नेलाई उत्कृष्ट कारोबारबाट सम्मान, उत्कृष्ट बचत सम्मान, ज्येष्ठ नागरिक सम्मान, उत्कृष्ट सदस्य सम्मान तथा बाल बचतलाई सम्मान गरेको सहकारीका प्रबन्धक तथा कार्यालय प्रमुख निरोज मल्लले जानकारी दिए ।

निजामति कर्मचारी युनियनको अगुवाइमा सञ्चालित सहकारीको १८ औं वार्षिक सभामा सहकारीका सल्लाहकार डार्विन लम्साल, सहकारीका विश्वराज आचार्य, रामजीप्रसाद कोइराला, सुरेन्द्रप्रसाद अधिकारी लगायतले बोलेका थिए ।

सहकारीले सयेर सदस्य रमेश पौडेल, भगवती सिग्देल, डिल्लीराम बास्तोला, खैसरा पौडेल, भरत गिरी, मञ्जु गौतम, बालक कृशल सापकोटा, नोरा मल्ललाई प्रमाणपत्र र कपले सम्मान गरेको कर्मचारी साधना ढुंगानाले जानकारी दिइन् ।

शैक्षिक सम्मानमा रिदम जिसी, सिम्रन ढुंगाना, अर्पण पौड्याल, प्रशन्न पौडेल, शिर्षा सिग्देल, हिमाल रेग्मी, कृष्टिना कार्की, अनुदिग्न धमला, स्पर्श राना, करुणा पौडेल, अदिश ढकाल, अन्जु बास्तोला, मिलन सिग्देल, अंकित पौडेल र विपिका आचार्यलाई सम्मान गरेको सहकारीका कर्मचारी शारदा गिरीले जानकारी दिइन् ।

७ सय २५ जना सेयर सदस्य रहेको कर्मचारी बचत तथा ऋण सहकारीले १० करोड ३५ लाखको कुल कारोबार गर्दै आएको छ । ६ करोड बढी ऋण लगानी रहेको सहकारीमा ३ करोड ५४ लाख तलरता रहेको कार्यालय प्रमुख निरोज मल्लले जानकारी दिएका थिए ।

दिप सागरको सभाहलमा सेयर सदस्यको उल्लेख्य सहभागितामा भएको सभाले आगामी ४ वर्षको लागि नयाँ नेतृत्व चयन गरेको थियो ।

Exit mobile version