रविसँग पूर्वाग्रह छैन, सहकारी ठगलाई छाडिन्नः मन्त्री सिंह

पोखरा: उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी ठगीको विषयमा सरकार निर्मम भएको प्रतिक्रिया दिएका छन् । शनिबार पोखरामा नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंह सहकारीको विषयमा कठोर र निर्मम हुनैपर्ने बताए ।

रास्वपा सभापति रवि लामिछानेप्रति पूर्वाग्रह साँधेको आरोपप्रति मन्त्री सिंहले भने ‘यसमा केको पूर्वाग्रह रु अरूलाई नगरी एउटा पार्टीको एउटा नेतालाई मात्र गरेको भए पो पूर्वाग्रह हुने हो ।’

‘ठगी गर्ने जुनसुकै दलका नेता वा कार्यकर्ता जोसुकै हुन्, उनीहरूलाई नियमअनुसार कारबाही गर्नुपर्छ । आमजनतालाई जे नियम हुन्छ, त्यही बराबर अलाई पनि हुन्छ’ सिंहले भने ‘सबैले रुल अफ ल पालना गर्नुपर्छ ।’

उनका अनुसार अहिले विभिन्न सहकारीको रकम हिनामिना भएको अवस्थामा ६ सय जनाभन्दा बढीलाई केस चलाएर अनुसन्धानमा राखिएको छ ।

सहकारी पीडितको बचत रकम फिर्ता गर्न रकम हिनामिना गरेकाहरूको सम्पत्ति हेर्ने र कसरी सरकारले उक्त रकम फिर्ता गर्न सकिन्छ भन्ने अध्ययन गरिरहेको उनको भनाई छ ।

झन्डै २ वर्षअघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यतिखेर आन्तरिक उडानमै सीमित रहेको भन्ने प्रश्नमा उहाँले पोखराबाट नियमितरूपमा अन्तर्राष्ट्रिय उडानका लागि सरकारले पहल गरिरहेकोसमेत उनले जानकारी दिए ।

Exit mobile version