Skip to content

क्षमता अभिवृद्धि विस्तारमा औषधि व्यवसायी गण्डकी प्रदेश

पोखराः नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेशले पोखरामा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।

प्रदेश अध्यक्ष केशरीप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा विशेषतः संघीयको दायित्व र जिम्मेवारीबारे चर्चा गरिएको छ ।

संघका निवर्तमान अध्यक्ष कृष्णप्रसाद पाण्डेले क्षमता अभिवृद्धि कार्यक्रमको आवश्यकता र महत्वबारे चर्चा गर्दै व्यवसायीको पक्षमा भनाई राखेका थिए । त्यस्तै, प्रशिक्षक

भरतराज रसाइलीले तालिमको सहजीकरण गर्दै कार्यक्रमको उद्देश्यबारे प्रशिक्षण दिएका छन् ।

 

 

कार्यक्रम संयोजक मिलन श्रेष्ठले प्रदेशका ९ जिल्लाबाट १६ जना सहभागी रहेको बताउँदै माइन्यूटिङ्, कार्यक्रम सन्चालन र उत्प्रेरणामूलक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।

श्रेष्ठले प्रदेशका महासचिव र सचिवस्तरीय अभिवृद्धि कार्यक्रम आयोजना गरेको बताउँदै आगामी दिनमा अन्य पदाधिकारीलाई समेट्ने उल्लेख गरे ।

कार्यक्रममा सहभागीकातर्फबाट इश्वरीप्रसाद घिमिरेले अनुभव सुनाएका थिए । उक्त अवसरका जिल्लाबाट सहभागी प्रतिनिधिले नियमित बैठक गर्न सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version