Skip to content

दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राखिने

काठमाडौंः मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन म्याद थप्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि शुक्रबार थप ५ दिन म्याद थप्न अनुमति दिएको हो । यसअघि आइतबार उनलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।

अदालतले ५ मंसिरमा पक्राउ परेकै दिन उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा अनुसन्धान गर्न अनुमति दिएको थियो ।

प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version