Skip to content
Home » ओम सहकारीको १६ औं वार्षिक साधारण सभा सम्पन्न   

ओम सहकारीको १६ औं वार्षिक साधारण सभा सम्पन्न   

पोखरा । ओम बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । 

शनिबार पोखरा– २  मिरुवा स्थित सहकारीको १६ औं वार्षिक साधरण सभा सम्पन्न भएको हो । साधरणसभाको पोखरा – २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्गले उद्घाटन गरे । 

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १ का वडाध्यक्ष सहारा प्रधान, निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक विष्णुप्रसाद अधिकारी, पूर्व अध्यक्ष भरतराज अधिकारी, संस्थापक कोषाध्यक्ष राजु अधिकारी, सञ्चालक समिति सदस्य गोमा सुवेदी लगायतले सहकारीले पुर्याएको योगदानको विषयमा बोलेका थिए । 

सो क्रममा जेयष्ठ सदस्य, असल कर्जा र माध्यमिक तहमा उत्कृष्ट नतिजा ल्याउने ४ जना सम्मानित भएका छन् । यसरी सम्मानित हुनेहरुमा जेयष्ठ सदस्य भिमकुमारी राणा, असल कर्जा बिना गुरूङ, माध्यमिक तहमा उत्कृष्ट नतिजा ल्याउने सेयर सदस्यका छोराछोरीहरु विदित पराजुली, प्रमिला अधिकारी, शर्मिला सुवेदी र उज्ज्वल भट्टलाईलाई सम्मान गरिएको हो ।

यस्तै साधरणसभाले संस्थाका सचिव झलकनाथ आचार्य तथा कोषाध्यक्ष दिपक अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन पारित गरेको छ । 

संस्थाका अध्यक्ष राम विक्रम राणाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष दयाराम सापकोटा, सोस्ती वाचन सदस्य सोमनाथ सुवेदी, सहकारीका सात सिद्धान्त वाचन सदस्य तारा बराल पौडेल र सञ्चालन संस्थाका सचिव झलकनाथ आचार्यले गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
wpDiscuz
0
0
Would love your thoughts, please comment.x
()
x
Exit mobile version