Skip to content
Home » यू–१९ राष्ट्रिय  क्रिकेट : गण्डकी टोलीको नेतृत्व अर्जुनले गर्ने  

यू–१९ राष्ट्रिय  क्रिकेट : गण्डकी टोलीको नेतृत्व अर्जुनले गर्ने  

पोखरा । नेपाल क्रीकेट संघको आयोजनामा बिराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय  क्रिकेट प्रतियोगितामा अर्जुन कुमालले नेत्तृत्व गर्ने भएको छ । कुमालको नेतृत्वमा १४ सदस्यीय टोलि को घोषणा भएको छ ।

यहि कार्तिक १० गतेबाट सुरु हुने प्रतियोगितामा प्रादेशिक क्रिकेट संघ गण्डकीले अर्जुनको कप्तानीमा १४ सदस्यिय खेलाडीहरुको नाम घोषणा गरेको हो । उनी  यू–१९ राष्ट्रिय टोलीका सदस्य समेत हुन ।

असोज ७ गते देखि १३ गते सम्म पोखरा क्रिकेट रंगशालामा संचालन भएको “वाई-वाई यु-१९ गण्डकी प्रदेश स्तरिय पुरुष एक दिवसिय क्रिकेट प्रर्तियोगिता २०८१” मा प्रतिकुल मौसमका कारण पुर्ण हुन नसकेपछि उक्त प्रतियोगितामा सहभागी खेलाडीहरुको प्रदर्शन र सहभागी  जिल्लाहरुका प्रशिक्षकहरुको राय समेत लिई पहिलो चरण मा ३७  खेलाडीहरु लाई बन्द प्रशिक्षणका लागि छनौट गरिएको थियो ।

गण्डकीको टिममा करन पगेनी, सोहेल कुंवर, बंश क्षेत्री, सुदिप अर्याल, नरेश शाह, अस्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्द रहेका छन् ।

त्यसै गरी बैकल्पिक खेलाडीमा सरोज खत्री, नितेश गिरी, सोनु यादव र अनिष ताम्राकार रहेका छन ।

गण्डकीको पहिलो खेल कार्तिक ११ गते मधेश प्रदेश संग रहेको छ ।  

गण्डकीको यू–१९ को प्रशिक्षण रिजन प्रजु गराईरहेका छ्न । टोलि को ब्यबस्थापकमा स्याङ्जाका अबिशेक ढकाल रहेका  छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
wpDiscuz
0
0
Would love your thoughts, please comment.x
()
x
Exit mobile version