Skip to content
Home » पोखरा १२ को बजार अनुगमन सुरु

पोखरा १२ को बजार अनुगमन सुरु

  • by Naya Lipi

पोखरा । पोखरा महानगरपालिका १२ नं. वडा कार्यालयको नेतृत्वमा मंगलबारदेखि विशेष बजार अनुगमन सुरु भएको छ । पोखरा १२ का वडा अध्यक्षको नेतृत्वमा पोखरा १२ का विभिन्न उपभोक्तासँग प्रत्यक्ष जोडिने व्यवसायिक स्थलहरुमा अनुगमन गरिएको छ ।

बजारमा अस्वभाविक रुपमा भइरहेको मूल्यवृद्धि र अखाद्य मिसावटविरुद्ध वडाले विशेष अनुगमन सुरु गरेको हो । यस अन्तर्गत विशेषगरी दैनिक उपभोग्य वस्तुका ठूला विक्रेतादेखि खुद्रा विक्रेताहरुकोमा वडा अध्यक्षको अनुगमन टोली पुग्नेछ ।

मुख्य रुपमा बजारमा भइरहेको कालोबजारी, अखाद्य वस्तुको विक्री वितरण, अस्वभाविक मूल्यवृद्धि, मिसावट, मिति नाघेका खाद्य पदार्थको विक्री वितरणर गुणस्तरहिनतालाई नियन्त्रण गर्नेगरी अनुगमन सुरु गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।

उपभोग्य वस्तको गुणस्तरहिनता र जुनसकै बाहनामा भइहरको कालोबजारीलाई नरुत्साहति विशेष अनुगमन गर्न महानगरपालिले वडालाई निर्देशन दिएको थियो । चाडपर्व नजिकिँदै गर्दा बजारमा अभावको कारण देखाउँदै मूल्य बढाउने क्रम तीव्र भएको छ । यसैकारण उपभोक्ताहरु निकै मारमा परेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
wpDiscuz
0
0
Would love your thoughts, please comment.x
()
x
Exit mobile version