Skip to content
Home » सामसुङ कम्पनीको मोबाईल बिक्रि बन्द

सामसुङ कम्पनीको मोबाईल बिक्रि बन्द

  • by Naya Lipi

पोखरा । गण्डकी प्रदेशमा सामसुङ मोबाइल बिक्रि बन्द गरिएको छ । सामसुङ मोबाइलको आधिकारिक बिक्रेता सामसुङ आइएमएसले कमिशन कम दिएको भन्दै व्यापारीहरुले सामसुङ मोबाइल विक्री बन्द गरेका हुन् ।

नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेशका अध्यक्ष उदय बहादुर केसी (लाहुरे दाई) ले सामसुङले व्यवसायीलाई नाफा कम दिएका कारण आफुहरुले विरोध स्वरुप मोबाइल विक्रिमा बन्द गरेको बताए ।

‘हाम्रो माग १० प्रतिशत सम्म नाफा दिनुपर्छ भन्ने छ । सुदुरपश्चिममा भएको सामसुङ मिटमा हामी सामसुङ व्यवसायीहरुले माग राख्न खोज्दा परमोर्टरले वेवास्ता गरे’ उनले भने, ‘ नाफा बढाएमा हामी बिक्रि गर्छौ । राज्यले पनि २० प्रतिशतसम्म लिन पाउने व्यवस्था गरेको छ । तर, हामीले ४ प्रतिशत मात्रै पाउँछौ यो ज्यादै कम छ ।’ उनका अनुसार आर्थिक मन्दीका कारण व्यवसायमा निकै गिरावट आइरहँदा घर भाडा र कर्मचारी पाल्न मुस्किल भएको छ ।

गण्डकीमा पाँच हजार मोबाइल व्यवसायी रहेका छन् । देशभर ३३ हजार व्यवसायी छन् जसले एक लाख बढिलाई रोजगार दिएका छन् । नाफाको दर नबढाए एक लाख मानिस बेरोजगार हुने र विदेश जान बाध्य हुने उनले बताए । आफुहरुको माग पुरा नभए थप आन्दोलन जारी रहने बताएका छन ।

सामसुङ मोबाइलले दिनमै एक करोड रुपैयाँ भन्दा बढीको कारोवार गर्दै आइरहेको भए पनि हामीले बिक्रि बन्द गरेका छौ । केसीले भने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
wpDiscuz
0
0
Would love your thoughts, please comment.x
()
x
Exit mobile version