Skip to content
Home » १७ विधामा फोटो पत्रकारिता अवार्ड दिँदै एनएफपिजे

१७ विधामा फोटो पत्रकारिता अवार्ड दिँदै एनएफपिजे

  • by Naya Lipi

काठमाडौँ, ३ भदौ
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले स्थापनाको २५ वर्षको अवसरमा आगामी असोज ६ गते १७ विधामा फोटो पत्रकारिता अवार्ड वितरण गर्ने भएको छ ।

एक सय ८३औँ अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसका अवसरमा उक्त समूहले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त समूहले विविध कार्यक्रम आयोजना गर्ने भएको हो । असोज ६ गते काठमाडौँमा आयोजना गरिने विशेष समारोहमा प्रतिस्पर्धीलाई पुरस्कृत गर्न लागिएको समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।

एनफपिजेका पूर्वअध्यक्षद्वय मीनरत्न बज्राचार्य र विकास रौनियार तथा वाइडलाइफ फोटोग्राफर चुङ्वा लामालगायत फोटो पत्रकारको सहभागिता रहेको उक्त कार्यक्रममा पूर्वअध्यक्षद्वयले शुभकामना मन्तवय व्यक्त गर्नाका साथै नेपालमा फोटो पत्रकारितामा भोग्नुपरेका समस्याबारे चर्चा गरेका थिए ।

उक्त दिवसका अवसरमा समूहका महासचिव नवराज श्रेष्ठले नयाँ तथा पुराना फोटो पत्रकारलाई १६ विधामा अवार्ड प्रदान गरिने जानकारी दिए ।विशेष समारोहमा संस्थापक सदस्यलगायत नेपालका अग्रज फोटो पत्रकारहरूलाई पनि सम्मान गरिने कार्यक्रम रहेको उनले बताए ।

उक्त अवार्डको नाम ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२२’ राखिएको जनाइएको छ ।

लाइफ टाइम एचिभमेन्ट अवार्डका लागि रु ५० हजार प्रदान गरिनाका साथै दैनिक जीवन, महिला फोटो पत्रकारिता विधा, पर्यटन तथा संस्कृति, आर्थिक, राजनैतिक, मनोरञ्जन, खेलकुँद, स्वतन्त्र फोटोसंग सम्बन्धित अवार्ड रहेका छन् । यसैगरी सातवटै प्रदेशबाट एक÷एक उत्कृष्ट फोटो पत्रकारलाई अवार्ड प्रदान तथा सम्मान गरिने कार्यक्रम रहेको समूहले जनाएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूहका पूर्वअध्यक्षलगायत सल्लाहाकार र कार्यक्रम संयोजकलगायत बढीमा पाँच जनाको छनोट समितिले पुरस्कारबारे अन्तिम निर्णय लिने समूहका अध्यक्ष वन्तले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
wpDiscuz
0
0
Would love your thoughts, please comment.x
()
x
Exit mobile version