कास्कीका फोटो पत्रकारले मनायो विश्व फोटोग्राफी दिवस

पोखरा । कास्की फोटो पत्रकार सांघले विश्व फोटोग्राफी दिवशको अवसर पारेर शुभकामना आदन प्रदान गर्नुको साथै दरखाने कार्यक्रम गरेको छ ।

संघले १ सय ८६ औं फोटोग्राफी दिवसको अवसरमा कास्कीको मादी गाउँपालिका–५, सुनपदेलीमा शुभकामना आदानप्रदान, बधाई तथा तीजको अवसरमा दरखाने कार्यक्रम गरेको हो ।

कार्यक्रमा संघका सल्लाहकार तथा पूर्वअध्यक्ष कृष्णमणि बरालले रचनात्मक र उत्कृष्ट फोटो खिच्नु आजको आवश्यकता भएको बताउदै आगामी दिनमा फोटो पत्रकार संघ कास्कीले अझै रचनात्मक काम गर्दै अघि बढ्न सुझाए ।

उक्त कार्यक्रममा सल्लाहकार एवं पुर्वअध्यक्ष इन्द्रप्रसाद पौडेल,नेपाल फोटो पत्रकार संघ, कास्कीकी उपाध्यक्ष तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य राधिका कंडेल,निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पौडेल लगायतले संसारभरका फोटोग्राफर र फोटोपत्रकारलाई एकै सुत्रमा बाध्न फोटोग्राफी दिवस ले सहयोग पुग्ने जनाएका थिए ।

केहिदिन अघि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले प्रदान गर्ने कञ्चन पत्रकारिता पुरस्कार प्राप्त गरेका संघका अध्यक्ष समेत रहेका राम गुरुङले संघले आगामी दिनमा फोटो पत्रकारको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Exit mobile version