विद्यालय स्तरिय ब्याडमिन्टन च्याम्पियन मैत्रिय पाठशाला
पोखरा । पोखराको रंगशालामा शुक्रबार देखि सुरु स्व.इन्द्र बहादुर गुरुङ स्मृति विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगितामा मैत्रिय पाठशाला च्याम्पियन बनेको छ । सम्पन्न खेलमा १२ अकं बटुल्दै मैत्रिय पाठशाला च्याम्पियन बनेको हो । ११ अकं सहित मदरल्याण्ड दोस्रो र १० अकं बटुल्दै प्रतिभा बोडिङ स्कुल तेस्रोे भए । शनिबार सम्पन्न भएको खेलमा कक्षा १ देखि ५ सम्मका छात्र सिंगल तर्फ मैत्रिय पाठशालाका मिजास उदास प्रथम,मैत्रिय पाठशाला कै प्रसिद दुरा द्धितिय,सेन्ट फ्रान्सिसका उज्वल थापा र न्यूमिलिनियमका साइमन भण्डारी तृतिय भए । छात्रा…
पुरा पढौ
पोखरामा विद्यालय स्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु
पोखरा । पोखरामा शुक्रबार देखि दुई दिने २० औ इन्द्र बहादुर गुरुङ मेमोरियल विद्यालय स्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला ब्याटमिन्टन संघको आयोजनामा शुक्रबार देखि पोखराको रंगशालामा रहेको ब्याटमिन्टन हलमा प्रतियोगिता सुरु भएको हो । "स्वास्थ्यको लागि खेलकुद,राष्ट्रका लागि खेलकुद" भन्ने नाराका साथ आयोजना भएको प्रतियोगितामा कास्की जिल्लाका विभिन्न ४० वटा विद्यालयका १ सय ९५ विद्यार्थीहरुले सहभागिता जनाएको छ । खेलको विकास तथा विस्तार गर्ने,स्कुलका विद्यार्थीहरुमा ब्याटमिन्टन खेल प्रति रुचि जगाउने,राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितहरुमा प्रतिस्पर्धा गर्ने उत्कृष्ट…
पुरा पढौ
पोखरा क्लिकले पर्वतीय खुल्ला दौड प्रतियोगिता गर्ने
पोखरा । पोखरा क्लिकले पर्वतीय खुल्ला दौड प्रतियोगिता गर्ने भएको छ । विश्व शान्ति दिवस तथा विश्व पर्यटन दिवसको अवसर पारेर असोज १२ गते दौड प्रतियोगिता आयोजना गर्न लागेको बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । ८ किलोमिटर दौड प्रतियोगिताको रुट विश्वशान्ति स्तुप देखि पुम्दीकोट विशाल बुद्द मुर्ति परिक्रमा गरि पोखरा २२ कार्यालय हुदै बुद्द पार्क निगाले डाँडा सम्म हुने दौड प्रतियोगिता संयाेजक दिनानाथ बरालले बताए । प्रतियोगितामा जुनसुकै क्षेत्रका धावकले पनि सहभागिता जनाउन सक्ने छ्न । प्रतियोगितामा प्रथम, दोस्रो…
पुरा पढौ
एआइपिएस एसिया र सिएमआर नेपाल बिच सम्झौता
काठमाडौं । एस एसिया र सिएमआर नेपालबीच खेल पत्रकार प्रशिक्षणका लागि सम्झौता भएको छ । एआइपिएस एसियाको २५औं एसिया कंग्रेसको अवसरमा बिहीबार दुई पक्षबीच सम्झौता खेलपत्रकार प्रशिक्षणका लागि सम्झौता भएको हो । एआइपिएस एसिया अध्यक्ष ही दोङ जङ र सिएमआर नेपालका निर्देशक उज्वल आचार्यबीच सम्झौता भएको हो । उक्त सम्झौताअनुरूप सिएआर नेपालले एआइपिएस एसियालाई हरेक सेसनमा दुई वटा खेलपत्रकार प्रशिक्षण कोटा प्रदान गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) आशिंक छात्रवृत्तिमा एआइपिएस एसियाले उक्त प्रशिक्षण कोटा प्राप्त गर्नेछ ।
पुरा पढौ
२३ औं संस्करणको आहारारा गोल्डकपमा करिब १६ लाख घाटा
पोखरा । सहारा क्लबले आयोजना गरेको २३ औ संस्करणको आहा रारा पोखरा गोल्डकप घाटामा गएको छ । बिहिबार सहारा क्लबले पोखरामा पत्रकार सम्मेलन गरि २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा १५ लाख ३३ हजार ९ सय ७ घाटा भएको जनाएकोे हो । नेपालमा आर्थिक मन्दी भएको कारण घाटा भएको पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशब बरालले बताए । सहारा क्लबले कोभिड जस्तो महामारीको समयमा फुटबल प्रतियोगिता आयोजना गर्दा पनि यति ठुलो रकम घाटा व्यहोरेको थिएन । आहा रारा गोल्डकप प्रतियोगिताको…
पुरा पढौ
सहारा खेलकुद पुरस्कार परशुरामलाई, उत्कृष्ट सदस्य लीलबहादुर
पोखरा । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुराम शर्मालाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले नेपाल टेलिभिजनका कास्की संवाददाता शर्मालाई छनोट गरेको हो । उक्त सिफारिस सहारा क्लब पोखराको बैठकले अनुमोदन गरेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । २०५० सालदेखि नेपाल टेलिभिजनमा आबद्ध उनी नेशनल एफएम, तालचोकका अध्यक्षसमेत छन् । नेपाल टेलिभिजन उत्कृष्ट संवाददाता पुरस्कार चारपल्टसम्म पाएका उनलाई भिटोफ सम्मान, लेखनाथ पत्रकारिता पुरस्कार, तत्कालीन जिविसको पुरस्कार…
पुरा पढौ
गण्डकी प्रदेश मुवाँथाई संघको अध्यक्षमा : थापा
पोखरा । गण्डकी प्रदेश मुवाँथाई संघको अध्यक्षमा मिलन थापा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । संघको मंगलबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले अध्यक्षमा थापासहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्ष द्वयमा सन्तोष गुरुङ र सुनिल तिमिल्सिना, महासचिवमा माओ तमु, सचिवमा पदमा गुरुङ, कोषाध्यक्षमा विवेक कार्की सर्वसम्मत निर्वाचित भए । त्यसै गरी कार्यसमिति सदस्यमा रुपक नेपाली, धन पुन, शिव हिताङ, सुन्दर गिरी, डिकेन पुन, राज गुरुङ, प्रेम नारायण पाण्डे, सरस्वती गुरुङ, रिना गुरुङ, विवेकमान गुरुङ, सनिज गुरुङ र निकेश…
पुरा पढौ
पोखरामा हाप्किडो सेमीनार सुरु
पोखरा । हाप्किडोका प्रशिक्षक, रेफ्रि तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ ‘दशौं राष्ट्रिय हाप्किडो सेमीनार’ पोखरामा सुरु भएको छ । दुई दिन सम्म सञ्चालन हुने सेमीनारको गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री थापाले दशौं राष्ट्रिय खेलकुद केही कारणले तोकिएको समयमा नहुने जस्तैे देखिएको बताएका छन् । उनले भने–“दशौं राष्ट्रिय खेलकुद मंसिरमा हुने भनिएको छ । केही कारणले समयमा नै सुरु होला जस्तो देखिन्न । केही पछि…
पुरा पढौ
पल्सर स्पोर्टस् अवार्ड : ४ विधाको मनोनयन सार्वजनिक
काठमाडौ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्टस् अवार्डको २१औं संस्करणको चार विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार एक कार्यक्रम बीच वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । विस २०८० को राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको नतिजालाई आधार मानेर मनोनयन गरिएको मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए । चारवटै विधामा उत्कृष्ट पाँच÷पाँच जना खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन् । मञ्चका महासचिव प्रज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट…
पुरा पढौ
लामाचाैर कप : पुरुष भलिबलको उपाधि पुलिसलाई
पोखरा । पाेखरामा अायाेजित लामाचाैर कपमा पुरुष भलिबलको उपाधि पुलिस क्लबले उचालेको छ। शनिबार सम्पन्न भएको फाइनल खेलमा एपिएफ भलिबल टिमलाई ३-२ सेटमा हराउँदै पुलिसले उपाधि रक्षा गरेको हो । पहिलाे सेट पुलिसले २५-१६ ले जितेको हो । दाेस्राे सेटमा एपिएफले कमब्याक गर्दै २५-२१ को नतिजा निकाल्यो । तेस्राे सेट पुलिस २५-१९ ले नतिजा निकाल्दै जितको संकेत दिए । चाैथाे सेट एपीएफ २५-२२ ले जित्दै पुलिसलाई सहज जित बाट पारा लगायो । निक्कै प्रतिस्पर्धात्मक खेलको पाचौ सेटमा पुलिस ले १६-१४ को नतिजा निकाल्दै विजयी भएको…
पुरा पढौ