क्रिकेट : मदरल्याण्ड र छोरेपाटनको विजयी सुरुवात

पोखरा । प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगितामा मदरल्याण्ड सेकेण्डरी र छोरेपाटन माविले विजयी सुरुवात गरेका छन् ।

सोमबार भएको पहिलो खेलमा छोरेपाटनले कुमुदिनी होम्सलाई ४८ रनले पराजित गर्यो । पहिले ब्याटिङ गर्दै छोरेपाटनले १२३ रन बनायो भने जवाफी ब्याटिङमा कुमुदिनी ७५ रनमा समेटियो । खेलमा अनिश थापा प्लेयर अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा मदरल्याण्ड सेकेण्डरीले जनप्रिय माविलाई ८१ रनले हरायो ।

मदरल्याण्डले १२९ रन बनाउँदा जनप्रिय ४८ रनमै अलआउट भयो । ५ विकेट लिने विलोभ मल्ल प्लेयर अफ द म्याच भए ।

प्रतियोगितामा मंगलबार डायमण्डविरुद्ध बाल मन्दिर र नेपाल–भारत मैत्रीविरुद्ध वाराही मावि भिड्नेछन् ।

Scroll to Top