Author Archive

पोखरामा अन्नपूर्ण केबलकार फागुन ६ गते देखी संचालनमा आउने

पोखरा, ३ फागुन/ पोखरामा अन्नपूर्ण केबलकार फागुन ६ गते देखी संचालनमा आउदने भएको छ । पोखरा–१८ सेदीबाट सराङ्गकोट जाने गरी निर्माण गरिएको केबलकार सञ्चालनका लागि तयारी भएको पत्रकार सम्मेलनमा अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एंवम निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । २.१६५ किलोमिटर लम्बाइको केबलकारका १८ वटा टावर रहेका छन् भने एक सामान बोक्नेसहित १८ वटा गोन्डला रहेका छन् । प्रतिडिब्बामा ८ जनाको सिट क्षमता रहने छ । केबलकार सञ्चालनमा आउदा २५ जना भन्दा बढिले रोजगारी पाउने त्रिपाडीले जानकारी दिए ।… पुरा पढौ

गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धन बैठक

राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा पाँच दलीय गठबन्धनको समीक्षा बैठक गरेको छ । माघ १२ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु सुरेश आलेमगर, कमला पन्त, भुवनबहादुर सुनार शानदार ढंगमा विजयी हुनुभएकोमा उहाँहरुमा हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ । बैठकले गठबन्धनको आवश्यकता र औचित्यतालाई थप पुष्टी गर्दै प्रजातन्त्र÷लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने पनि निश्कर्ष निकाल्यो । समीक्षाका सन्दर्भमा हाम्रो पक्षमा गम्भीर कमीकमजोरी रहन गएको हुँदा आ–आफ्नो पार्टीमा छलफल गरी यसलाई अनुशासनको विषयवस्तु बनाउने… पुरा पढौ

पर्यटन प्रबद्र्धन गर्न नयाँ आकर्षण आवश्यक छः मन्त्री बराल

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पर्यटन प्रबद्र्धन गर्न नयाँ आकषर्ण आवश्यक भएको बताउनु भएको छ । पोखरा २२ पुम्दी भुम्दी स्थित अर्चलवोट आमा समुहको सामुदायिक बहुउद्धेश्य भवनको मंगलबार एक समारोहका बिच शिलन्यास गर्दै मन्त्री बरालले अबको पर्यटन प्रबद्र्धन गर्न नयाँ आकषर्ण आवश्यक भएको बताउनु भएको हो । गाउँको विकासको लागि स्थानियले आफ्नो माटो सुहाउदो फलफुल तरकारी तथा माछा एवं मासु उत्पादन गरेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भएको मन्त्री बरालले पर्यटकहरुलाई आकषर्ण गर्न स्थानिय… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने बुद्ध एअरको तयारी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बुध्द एअरले पाँच वटा जहाजमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भर्ने तयारी गरिरहेको गरेको जनाएको छ । विमानस्थल सञ्चालनमा आएपछि बुद्धले पोखराबाट भारतको नयाँदिल्ली, देहेरादुनमा सिधा उडान गर्ने तयारी गरेको जनाएको छ । त्यसैगरि पोखराबाट धौलागिरीदेखि सगरमाथासम्मको हिमश्रृंखला दृश्यावलोकन उडान तथा काठमाडौं र अन्य शहरहरुसँग आवश्यकता अनुसारको दैनिक सिधा उडानहरु भर्ने योजना रहेको कम्पनीले विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । विमानस्थलको पूर्वाधारमा ‘ट्याक्सी–वे’लाई ‘रनवे’को एकातर्फबाट मात्र जोडिएको हुँदा हाल सञ्चालनमा रहेको विमानस्थलभन्दा थोरै उडानहरु हुने… पुरा पढौ

फेवाताल जोगाउन संरक्षित जलाधार क्षेत्र एकीकृत कार्ययोजना

ङ्घीय सरकारले मङ्गलबार घोषणा गरेको फेवाताल संरक्षित जलाधार क्षेत्रमा पोखरा महानगरपालिकाका ६, २२, १७, १८, २२, २३ र २४ तथा अन्नपूर्ण गाउँपालिका १,२,३,४ वडा पर्ने भएका छन् । रामसार सूचीमा सूचीकृत १२३ वर्ग किलोमिटर क्षेत्रफलको सो क्षेत्रलाई मन्त्रिपरिषद्को निर्णयबाट संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने निर्णय भएको हो । संरक्षित क्षेत्र घोषणाका लागि आवश्यक पहल गर्न सर्वोच्च अदालतले विसं २०६८ चैत २० गते सङ्घीय सरकारलाई निर्देशनात्मक आदेश दिएकामा विसं २०७५ वैशाख १६ गते सरकारका नाममा पुनः अर्काे आदेश जारी गरेको थियो… पुरा पढौ

यसपालिको एसईई वैशाख ९ बाट

माध्यमिक शिक्षा परीक्षा एसईई वैशाख ९ गतेदेखि गर्ने निर्णय भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको बताए । स्थानीय तहको चुनावलाई ध्यान दिँदै वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डले जनाएको छ । पछि कर्मचारीहरू निर्वाचनमा खटिने भएकाले परीक्षा प्रभावित हुनसक्ने भन्दै उनले वैशाख ९ बाट परीक्षा सञ्चालन… पुरा पढौ

पोखरा म्याराथनको विजेता धावकलाई युकेको म्याराथनमा सहभागिता गराइने

पोखरा संगै युकेमा समेत १६ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको रौनक समेत उत्तिकै बढ्दै गएको छ भने विजेता धावकहरुले समेत नयाँ अवसर पाउने भएका छन् । पोखरा म्याराथन सफल बनाउन म्याराथनको आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च यूकेले संयोजनको भूमिका खेलिरहेको मात्रै छैन पोखरा म्याराथनमा विजेता नेपाली धावकलाई युकेमा आयोजना हुने म्याराथनमा सहभागिता गराउने भएको छ । दुई वर्ष अघि नै घोषणा गरेको आफ्नो कार्यक्रमलाई पोखरेली मञ्च युकेले निरन्तरता दिन लागेको हो । कोभिडका कारण… पुरा पढौ

स्थानीय तहको निर्वाचन वैशाख ३० गते

सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते शुक्रबार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ वैशाख ३० मा एकै चरणमा चुनाव गर्ने निर्णय गरेको हो । २०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेका थिए। प्रधानमन्त्री देउवाले आइतबार प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थानीय चुनाव, एमसिसीलगायत विषयमा छलफल गरेका थिए… पुरा पढौ