४२ लाख बराबरको च्याङ्ग्रा चोरी गर्ने प्रकाउ

-


     नयाँ लिपि    
     असाेज ८ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरामा च्याङ्ग्रा चोरी गरेको अभियोगमा आज १ जनालाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ परेका फकिर मोहम्मदले १०३ वटा च्याङ्ग्रा चोरी गरि फरार भएका थिए ।

उनले आफु सहित ३ जना मुस्ताङ पुगि ताक्ला गुरुङको गोठबाट असोजको १ गते १०३ वटा च्याङ्ग्रा पोखरा झारेका थिए ।

उनीहरुले पोखरा पुगि पैसा दिन्छौ भन्दै च्याङ्ग्रा धनि ताक्लालाई संगै पोखरा ल्याएका थिए । च्याङ्ग्रा सहित आएका उनीहरु पोखराको ड्यामसाईडको होटलमा बसेका थिए ।

होटलमा सबै सुतेको मौका छोपी च्याङ्ग्रा भएको गाडी समेत लिई रुपन्देही शुद्धोधन गाउँपालिका ४ स्थायी घर भएका पोखरा ७ मासबार बस्ने फकिर फरार भएका थिए ।

जाहेरीको आधारमा खोजतलास गर्दा पोखरा ४ बाट उनलाई हिजो (सोमबार) प्रकाउ गरि अदालत लगिएको कास्की प्रहरीले जनाएको हो । अदालतबाट अपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन) संबन्धी कसूरमा ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरी जनाएको छ ।