सुमना काठमाण्डौंको मेयरमा उठ्ने, स्वतन्त्र कि पार्टीबाट भने खुलाइनन्

पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आगामी स्थानीय तहको निर्वाचनमा महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

‘आगामी स्थानीय निवार्चनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषण गर्दछु,’ उनले लेखेकी छन्।

साथसाथै उनले आफ्नो जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरेकी छन्।

सुमना अहिले कुनै पार्टीमा आबद्ध छैनन्। उनले कुनै पार्टीबाट लड्ने कि स्वतन्त्र भन्ने पनि खुलाएकी छैनन्।

उनले गत वर्षको भदौमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० परित्याग गरेकी थिइन्।

उनी पार्टीको सहमहामन्त्री समेत थिइन्।

२०७९ मा समानुपातिकबाट सांसद बनेकी उनी प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षामन्त्री पनि भएकी थिइन्।

सांसद भएपछि उनले दोहोरो भूमिकामा नरहने भन्दै पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन्।

पछि भदौ २४ को घटनापछि उनले रास्वपा छाडेको घोषणा गरेकी थिइन्।

Scroll to Top