जैमिनी नगरपालिका सुकुम्बासी तथा अव्यवस्थित बसोबासमुक्त पालिका घोषित

बागलुङ । बागलुङको जैमिनी नगरपालिका सुकुम्वासी तथा अव्यवस्थित बसोबास समस्या मुक्त पालिका घोषित भएको छ ।

भूमि समस्या समाधान समितिले देशभरका पाँच पालिकालाई समस्या मुक्त घोषणा गरेकामा जैमिनी पनि तिनमा परेको हो ।

समितिले मङ्गलबार सार्वजनिक गरेको सूचनाअनुसार समस्या मुक्त घोषित अन्य पालिकामा डोल्पाको काइके गाउँपालिका, सोलुखुम्बुको खुम्बुपासाङल्हामु र महाकुलुङ गाउँपालिका तथा रुकुम पूर्वको भूमे गाउँपालिका हुन् ।

जैमिनी नगरपालिकाले गत वर्ष १८ सुकुम्वासी परिवारलाई घडेरी खरिद गरी घर निर्माण गर्न प्रतिपरिवार रु तीन लाख का दरले रु ५४ लाख  उपलब्ध गराएको थियो ।

ती परिवारले लालपुर्जासहित घर प्राप्त गरेपछि पालिकामा सुकुम्वासी समस्या नरहेको विवरण समितिलाई पठाइएको नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।

रासस

Scroll to Top