नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ।
निर्वाचन समितिले मतदानका लागि नयाँ समय तोक्दै शुक्रबार बिहान ७ बजेबाट मतदान सुरु गर्ने जनाएको छ।
यसअघि बिहान १० बजेका लागि तय गरिएको मतदान समय तीनपटक सारेर दिउँसो साढे २ बजे पुर्याइएको थियो। तर, उक्त समयमा पनि मतदान सुरु हुन सकेन।
Post Views: 49






