नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट सुरु हुने भनिएको मतदान अझै सुरु हुन सकेको छैन।
बिहान १० बजेका लागि तय गरिएको मतदान तयारी पूरा नभएपछि सुरुमा दिउँसो १ बजेसम्मका लागि सारिएको थियो। त्यसपछि पुनः २ बजेबाट मतदान सुरु गर्ने भनिए पनि निर्धारित समयमा मतदान सुरु हुन नसकेको हो।
मतदान सुरु हुन अझै केही समय लाग्ने बताइएको छ। मुख्यतः मतपत्र अझै तयार नभएकाकारण मतदान सुरु हुन नसकेको महाधिवेशनमा सहभागी कास्कीका प्रतिनिधिले बताएका छन् ।
कांग्रेसको सभापतिका लागि गगनकुमार थापा र राजेन्द्र खड्का प्रतिस्पर्धामा छन्। त्यस्तै, उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत पदमा पनि विभिन्न नेताहरूले उम्मेदवारी दिएका छन्।







