पोखरा ।
सापकोटा कल्याण केन्द्र कास्कीको नवौं साधारण सभा तथा पाँचौँ अधिवेशनबाट सभापतिमा मादी ४ का सत्यराज सापकोटा निर्वाचित भएका छन् । केन्द्रको उपसभापतिमा होमविलास सापकोटा (पोखरा–११) सचिव सन्तोष सापकोटा (मादी ५) कोपिला सापकोटा (पोखरा २५) सहसचिव कल्पना घिमिरे सापकोटा( पोखरा २६) चयन भए । सदस्यहरु ओमप्रकाश सापकोटा (अन्नपूर्ण १०) हरिप्रसाद सापकोटा (मादी ४) शुक्रराज सापकोटा (मादी ४) अरुणबहादुर सापकोटा (पोखरा २५) अनिता पण्डित सापकोटा (पोखरा १३) धनेश्वर सापकोटा (रुपा १) कल्पना सापकोटा (पोखरा १३) र बेनप्रसाद सापकोटा (पोखरा २७) रहेका छन् । निर्वाचन संयोजक खेमराज सापकोटा र सदस्यहरु लेखनाथ सापकोटा र चन्द्रप्रसाद सापकोटाले निर्वाचन गराएका थिए ।
यस अघि नवौं सभा उद्घाटन गर्दै सापकोटा कल्याण केन्द्रका केन्द्रीय सभापति डा. कवीन्द्र सापकोटाले भातृत्व भावना र आपसी सद्भावका लागि संस्था स्थापना भएको बताए । उनले अमेरिका र बेलायतमा पनि संस्था विस्तार भएको बताउँदै मानव कल्याणमा काम भइरहको उल्लेख गरे ।
सापकोटा कल्याण केन्द्रका ई. रोहिणी शर्मा सापकोटा (पिएचडी) ले अमेरिकाको संस्थामा आफूले नेतृत्व गरेर काम गरेको अनुभव सुनाउँदै गर्व गर्न सकिने गरी काम गर्नुपर्नेमा जोड दिए । उनले अमेरिका क्षमताको कदर हुने ठाउँ भएकाले विदेशमा रहेर पनि नेपालका लागि धेरै नेपालीले काम गर्न सफल भएको उल्लेख गरे ।
केन्द्र कास्कीका संस्थापक सभापति ऋषिराम सापकोटाले सापकोटा कल्याण केन्द्र पनि लायन्स, रोटरी जस्तै सामाजिक संस्था भएको उल्लेख गरे । संस्थाका गण्डकी सल्लाहकार मुक्तिनाथ सापकोटाले पारिवारिक र सांगठनिक विस्तार र मानव कल्याणको काममा अघि बढ्ने गरी काम गरिने उल्लेख गरे ।







