मुनाल सहकारीको १३औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा श्रेष्ठ निर्वाचित

-


     नयाँ लिपि    
     कार्तिक १ गते २०७८ मा प्रकाशित


पोखरा, १८ असोज । पोखराको नयाँबजारमा रहेको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन असोज १३ गते शुरु भई असोज १६ गते शनिबार सम्पन्न भएको छ ।

संस्थाको पाँचौं अधिवेशनबाट आगामी ४ बर्षका लागी नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । कार्यसमितिको अध्यक्षमा मगनलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन भने उपाध्यक्षमा डा. विष्णुप्रसाद चापागाईं, सचिवमा नारायणबहादुर थापा, कोषाध्यक्षमा रमेशकुमार पौडेल तथा कार्यसमिति सदस्यहरूमा तिलकबहादुर प्रधान, सुदर्शन न्हुच्छे प्रधान, डिलकुमारी पौडेल, मुक्तिनाथ अधिकारी, सन्तोषकुमार घिमिरे, डा.भवानीशंकर पौडेल र कालीप्रसाद मैनाली निर्वाचित भएका छन ।

लेखा समिति संयाेजकमा राेशनजंग कार्की, सदस्यमा जिवन बहादुर क्षेत्री र इन्द्र लाल श्रेष्ठ , ऋण उपसमितिमा फणिन्द्र तिमिल्सिना र शुशिला थापा निर्वाचित भएका छन। बाँकी सल्लाहकार समिति र अन्य समिति उप समिति छिटै मनाेनित गरिने बताइएकाे छ ।

निर्वाचित पदाधिकारीहरुलाई प्नमुख निर्वाचन अधिकृत चण्डीप्रसाद अर्याल र मेघनाथ काफ्लेले पद तथा गोपनियताको सफत खुवाएका थिए । कोभिडलाई मध्यनजर गर्दै भौतिक दूरी कायम गरी आफ्नै भवनमा वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको थियो ।

सभामा संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईंले प्रस्तुत गर्नुभएको अध्यक्षको प्रतिवेदन, मगनलाल श्रेष्ठले प्रस्तुत गर्नुभएको सचिवको वार्षिक नीति, कार्यक्रम तथा बजेट, नारायणबहादुर थापाले प्रस्तुत गर्नुभएको कोषाध्यक्षको प्रतिवेदन र डा. भवानीशंकर पौडेलले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो ।

१३औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनका अवसरमा सहकारीका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले आफ्नो ४ बर्षे कार्यकालमा कार्यसमितिमा रहेर उत्कृष्ट सहयोग गर्ने सम्पुर्ण संचालक तथा कार्यालय प्रमुख अम्बर थापालाई प्रशंशा पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहकारहरू रामजीप्रसाद बाँस्तोला,दिलिपराज श्रेष्ठ, देवीलाल खत्री, पूर्वअध्यक्ष मेघनाथ काफ्ले लगायतका वक्ताले शेयर सदस्यको हित र समग्र आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेको कुरामा जोड दिएका थिए ।

सहकारीका अध्यक्ष दुर्गाप्रसाद हुमागाईंको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खेमनारायण खनालले स्वागत मन्तव्य तथा कार्यसमिति सदस्य रमेशकुमार पौडेलले सहकारीका सात सिद्धान्त वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव मगनलाल श्रेष्ठले गरेका थिए ।