बागलुङ नगरको एकमात्र उद्यमशील सहकारी साझा चौतारीको साधारणसभा सम्पन्न !

-


     नयाँ लिपि    
     कार्तिक १ गते २०७८ मा प्रकाशित


बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा रहेको साझा चौतारी युवा उद्यमशील सहकारी सस्था लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बागलुङ नगरपालिकामा उद्यमशीलता तर्फ एकमात्र सहकारीको रुपमा स्थापित साझा चौतारीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् प्रत्यक्ष प्रसारण गरी साधारण सभा सम्पन्न गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को जोखिम कामयमै रहेकोले भौतिक उपस्थितिमा साधारण सभा सम्पन्न गर्न समस्या हुने भएकोले सस्थाको फेसबुकबाट प्रत्यक्ष प्रसारण गरी प्रतिनिधिमुलक उपस्थितिमा शनिबार साधारण सभा सम्पन्न गरिएको हो ।
साधारण सभाले संस्थाकाे आर्थिक बर्ष २०७७/०७८ को कोषाध्यक्ष राजेश केसीको आर्थिक र सचिव किरण आचार्यको आ.व. २०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०७८/०७९ को लागि निति तथा कार्यक्रम सर्व सम्मतरुपमा पारित भएको छ ।

सहकारीले गत आर्थिक वर्षमा २ करोड ५६ लाख वचत १ करोड ९१ लाख लगानी गरेको जनाएको छ । सहकारीले को आर्थिक वर्ष ०७७/०७८ मा शेयर पूँजी ७१ लाख पुर्याएको छ । साधारण सभाको अवसरमा बोल्दै सहकारीका कानुनि सल्लाहकार रामबहादुर केसीले अन्य सहकारीको बीचमा साझा चौतारी नमुना सहकारीको रुपमा आफुलाई स्थापित गर्न सफल भएको बताए ।

कार्यक्रममा सहकारीका प्रेस सल्लाहकार सुवास आचार्य सल्लाहकार लखन थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सहकारीका अध्यक्ष मनोज थापाको अध्यक्षता उपाध्यक्ष राजु प्रसाद सापकोटाको स्वागत र सहसचिव जिवन शर्माको संचालनमा सम्पन्न भएको थियो । बागलुङ नगरपालिका वडा नम्वर १, २,३ र ४ मा कार्यक्षेत्र रहेको सहकारीले चालु आर्थिक बर्षमा नगरपालिकाका सवै वडामा कार्यक्षेत्र विस्तार गर्न अनुमति लिने प्रक्रिया अगाढी बढाउने निर्णय गरहेको सहकारीका अध्यक्ष थापाले जानकारी दिए । सहकारीले युवाहरुमा स्वरोजगर सृजना गर्न उद्यमी तथा व्यवसायी बनाउदै लैजाने जनाएको छ ।