गण्डकी मेडिकल कलेज (जीएमसी, पोखरा र श्री कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भीरकोट–१ हेलुबीच स्वास्थ्य सेवासम्बन्धी सहकार्यका लागि आज एक समारोहबीच सम्झौता भएको छ।
सम्झौताअनुसार गण्डकी मेडिकल कलेजबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य सेवा तथा उपचारमा सहकारीका सदस्यहरूलाई विशेष सहुलियत प्रदान गरिनेछ।
सहकारीका सदस्यहरूले सहकारीबाट आवश्यक सिफारिस तथा सेवा लिन आएपछि गण्डकी मेडिकल कलेजबाट सम्झौतामा उल्लेख भएअनुसार विभिन्न स्वास्थ्य सेवा तथा उपचारमा छुट तथा सहुलियत उपलब्ध गराइने व्यवस्था गरिएको छ।
सम्झौता कार्यक्रममा गण्डकी मेडिकल कलेजका प्रिन्सिपल तथा सीईओ डा. रविन्द्र प्रसाद श्रेष्ठ र श्री कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तर्फबाट अध्यक्ष भविशवर कोइरालाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
यस सहकार्यबाट सहकारीका सदस्यहरूले गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियत दरमा प्राप्त गर्ने विश्वास गरिएको छ। दुवै संस्थाबीचको यो सहकार्यले सदस्यहरूको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।







