जनप्रियमा शिक्षकलाई तालिम

पोखरा । जनप्रिय मावि पोखरा ८ सिमलचौरको सभाहलमा शिक्षकलाई तालिम प्रदान गरिएको छ । जनप्रिय मावि र श्रीराम आधारभूत विद्यालयका शिक्षक कर्मचारीलाई तालिम प्रदान गरिएको हो ।

पोखरा महानगरपालिका वडा नं ८ को आर्थिक सहयोगमा भएको तालिम उद्घाटन गर्दैै वडाध्यक्ष रुद्रनाथ बराललले सिकेको सीपलाई सहि सदुपयोग गर्न सहभागी शिक्षकलाई आग्रह गरे । महानगरको योजना अनुरुप शिक्षालाई प्राथमिकता दिँदै बजेट व्यवस्था गरिएको उल्लेख गर्दै अध्यक्ष बरालले विद्यालयको चौतर्फी हित गर्न आफू तयार रहने प्रतिवद्धता जनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद त्रिपाठीको अध्यक्षतामा सुरु भएको शिक्षकरुकालागि शिक्षण सीप अभिवृद्धि कार्यशालामा शिक्षक अभिभावक संघका अध्यक्ष केदार धमलाले सिकेको सीप व्यवहारमा उतार्न आग्रह गर्दैै विद्यार्थीसँगै अभिभावकलाई जोड्न आग्रह गरे ।
अध्यक्ष धमलाले एआई प्रविधिको परिवेशमा आफूलाई रुपान्तरण गर्दै स्मार्ट वोर्डबाट सिकाउनु पर्ने ज्ञानलाई शिक्षहरुले सीप हस्तान्तरण मार्फत् विद्यालयलाई नमुना बनाउनु पर्नेमा जोड दिए ।

अध्यक्ष धमलाले श्रीराम आधारभूत, जनप्रिय मावि र जनप्रिय क्याम्पसलाई एकीकृत गरी प्रथमिक तह नर्सरीदेखि कक्षा ५ सम्म, ६ देखि १२ कक्षासम्म र बाँकी शिक्षा जनप्रिय क्याम्पसमा अध्ययन अध्यापन गराउने विधि र पद्दतिको विकास गर्न महानगरपालिका सँग अनुरोध गरेका थिए ।
अभिभावकहरुको चाहना र विद्यार्थीको अनुशासनलाई केन्द्रमा राखेर ३ वटा शिक्षा युनिटको विकासगरी शिक्षामा नमूना वडाको रुपमा विकास गर्न धमलाले आग्रह गरेका थिए । तालिम उद्घाटन सत्रमा जनप्रिय माविका प्रअ देवीप्रसाद वस्ताकोटीले कार्यक्रमको विवरण प्रस्तुत गर्दै सीप आर्जन गरेर शैक्षिक यात्रालाई आधुनिकतामा जोड्न आग्रह गरेका थिए ।

२ दिने तालिममा सामाजिक विकास मन्त्रालयका प्रकाश देवकोटा, प्रविधि तर्फका श्रीकृष्ण आचार्य, महानगर शिक्षा महाशाखाका बद्री सुवेदी, कम्प्युटर शिक्षक रमेश चालिसे, विवेक भुजेल लगायतले सिकाई विधि, बालबालिकाको मनोविज्ञान, शैक्षिक सिकाईका उपकरणको प्रयोग लगाायत विषयमा प्रशिक्षण दिएका थिए । कार्यशालामा जनप्रिय मावि र श्रीकृष्ण प्राथमिक विद्यालयका करिव ७० जना शिक्षक कर्मचारीको सहभागितामा रहेको थियो ।

Scroll to Top