‘हामी रास्वपाभन्दा अग्लो हुन चाहन्छौं, प्रतिष्पर्धा गर्नेछौं’ – सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाभन्दा पनि अग्लो हुन चाहेको भन्दै प्रतिष्पर्धाकालागि सदैव तयार रहने बताएका छन् ।

रास्वपाको प्रथम महाधिवेशनमा सहभागी भई शुभकामना दिने क्रममा सभापति थापाले भने ‘कांग्रेस रास्वपा भन्दा अग्लो हुन प्रतिष्पर्धा गर्नेछ तर कसैको खुट्टा काटेर उचाइँमा पुग्ने षडयन्त्र गर्नेछैन ।’

यसका लागि सबैभन्दा पहिले पार्टीलाई नै सफा गर्ने भन्दै उनले कांग्रेसलाई दुष्मन हैन प्रतिष्पर्धी ठान्न रास्वपालाई सुझाव दिए ।

रास्वपा ठूलो पार्टी हो तर कार्यकर्ताले प्रश्न नगरे पुरानै पार्टीको हविगत हुने उनको चेतावनी पनि रहेको छ ।

निर्वाचन अघि नै रास्वपाको सभापतिमा रवि र वरिष्ठ नेतामा बालेन्द्र लगभग तय भइसकेको भन्दै उनले बधाई समेत दिए ।

शुभकामनाकैक्रममा थापाले चितवनमा प्रजातन्त्रका खातिर लड्दा कांग्रेसहरुको रगत बगाएको स्मरण गराउँदै ३५ वर्षमा देशमा केही पनि भएन भन्ने गलत भाष्य सृजना नगर्नसमेत चेतावनी दिए ।

Scroll to Top