‘यो देशमा राजा चाहिन्छ भन्नेहरुको भोट पनि रास्वपामा छ’ – लिङदेन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले रास्वपालाई नेपालमा राजा चाहिन्छ भन्नेहरुले पनि भोट दिएर दुई तिहाईको नजिक पुर्याएको धारणा राखेका छन् ।

चितवनमा आजदेखि सुरु भएको रास्वपाको पहिलो महाधिवेशनलाई शुभकामना दिने क्रममा उनले राजावादीहरुको समेत भोट रास्वपामा गएको भन्दै कसैलाई पनि निषेधको राजनीति नगर्न सुझाएका छन् ।

बालेन्द्रले राजा ल्याउँछन् भनेर पनि रास्वपालाई भोट दिएका छन्, तपाइहरुको जिम्मेवारी विशिष्ट छन्’ अध्यक्ष लिङदेनले भनेका छन् ।

‘निषेधको राजनीति नगर्नुहोला, हामी पनि साथमा छौं’ उनले भने ‘सहमतिको राजनीतिबाट अघि बढ्न सके देशले परिवर्तनको आत्मसाथ गर्नेछ ।’

रास्वपालाई असल काममा समर्थन गर्न गाह्रो नमान्ने भन्दै उनले गलत कदममा राप्रपाले सँधै औला ठड्याउने उनको अभिव्यक्ति छ ।

Scroll to Top