नेकपा एमालेकी सांसद यशुदाकुमारी बरालले सत्तारुढ दलका सांसदहरूले पुराना दलका सांसदहरूलाई अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएकी छन् ।
बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद बरालले सत्तारुढ दलका सांसदहरूले बोल्ने क्रममा पुराना दलका सांसदहरूलाई होच्चाउने र अमानवीय व्यवहार गर्ने गरेको भन्दै आपत्ति जनाएकी हुन् ।
उनले संसद्भित्र सबै सांसदहरूको हैसियत बराबर भएको बताउँदै आफूहरू बादविवाद नभइ जनताका कुरा राख्न आएको दाबी गरिन्।
उनले सत्तारुढ दलका सांसदहरूले सदनमा देखाएका अशिष्ट व्यवहारप्रति तत्काल ध्यानाकर्षण गर्दै त्यस्ता शब्दहरू रेकर्डबाट हटाउन माग पनि गरिन् ।
उनले विपक्षी दलका सांसदहरुले बोलेका शब्दहरू हटाउन सभामुख डोलप्रसाद अर्यालको तत्काल ध्यानकर्षण हुने तर सत्तापक्षका सांसदले बोलेका अशिष्ट शव्दहरूप्रति ध्यानाकर्षण नभएको बताइन् ।







