पोखरा महानगरपालिकाले १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा निरन्तर श्रममा आबद्ध श्रमिकहरू, स्वरोजगार उद्यमीहरू र सीपमूलक तालिम पश्चात् रोजगारीमा आबद्ध विभिन्न १२ जना व्यक्तिहरूलाई सम्मान गरेको छ ।
महानगरपालिकाले स्वरोजगारतर्फ शुष्मा पौडेल, रञ्जता रेग्मी र चन्द्र शर्मालाई सम्मान गरेको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुुसार रोजगातर्फ छविलाल कुँवर, कविता नेपाली र मञ्जुु लामिछाने सम्मानित भए ।
त्यस्तै, मजदुरतर्फ मधुमाया तिमल्सिना, ममता गौतम, अप्सरा बास्तोला, केशवराज भट्टराई, विष्णुुप्रसाद पौडेल र बालकुमार खवास सम्मानित भएका छन् ।
सम्मानितमध्ये छ जना विभिन्न क्षेत्रमा १० वर्ष भन्दा बढी एउटै व्यावसायिक प्रतिष्ठानमा सेवा गर्ने कर्मचारी र मजदुर तथा अन्य छ जना मध्ये तीन जना महानगरले तालिम दिएर जागिरमा जोडिएका र तीन जना तालिमपछि स्वरोजगार भएर अरुलाई पनि रोजगार दिने रहेका छन् ।
उनीहरुलाई खादा, मालासहित जनही पाँच हजार १०० रुपैयाँ नगद सहित सम्मानपत्र प्रदान गरिएको थियो।







