पोखराको न्यूरोडमा रहेको भाटभटेनी सुपरमार्केट वैशाख २२ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
सोहीक्रममा आज भाटभटेनी सञ्चालनपूर्व शान्ति, स्वस्ती र पूजाआजा गरिएको छ । पूजापश्चात् भाटभटेनीले ग्राहकहरुको माया, विश्वास र सहयोगकाकारण पुनः उठ्न सकेको भन्दै सम्पूर्णमा धन्यवाद व्यक्त गरेको छ ।
‘क्षति भएका भवनलाई पूनःनिर्माण गरी हामी तपाइहरुलाई छिट्टैै स्वागत गर्नेछौं’ भाटभटेनीले भनेको छ ।
जेनजी आन्दोलनकाक्रममा आगो लगाइएको यस आउटलेट यही २२ गतेदेखि सञ्चालनमा आउने जनाइएको छ ।







