गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाकाको स्थलगत निरीक्षण गरेका छन् ।
मुस्ताङमा अवस्थित तिब्बतसँग सिमाना जोडिएको कोरोला नाकाको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले सुरक्षा निकायका प्रदेश तथा जिल्ला प्रमुखहरूसँग त्यहाँको वर्तमान अवस्था, व्यवस्थापन र सम्भावनाबारे विस्तृत जानकारी लिएका छन् ।
कोरोला नाका गण्डकी प्रदेशको महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रवेशद्वारका रूपमा रहेको छ।
नाकाले नेपाल, चीन र भारतलाई जोड्ने छोटो मार्गका रूपमा व्यापार, पर्यटन तथा आर्थिक विकासका दृष्टिले ठूलो सम्भावना बोकेको पाण्डेको धारणा छ ।
सोहीक्रममा उनले स्थानीयस्तरमा पूर्वाधार विकास, सीमा व्यवस्थापन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै जाने बताएका छन् ।
‘कोरोना नाकालाई व्यवस्थित र सशक्त बनाउन प्रदेश सरकार प्रतिबद्ध छ’ मुम पाण्डेले भने ‘यस क्षेत्रको समग्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने दिशामा हाम्रो पहल रहनेछ ।’







