‘मुद्दा मिलाइदिने’ भन्दै कास्की प्रहरीका हवल्दार विष्णुले लिए ५० हजार घुस

जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीले लागुऔषध आरोपीसँग ५० हजार रुपैयाँ घुस लिएको पाइएको छ ।

लागूऔषध मुद्दाका आरोपीलाई सहजीकरण गरिदिने भन्दै क्षेत्रीले घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयले जनाएको छ ।

मुद्दा फाँटमा कार्यरत क्षेत्रीलाई रकमसहित नियन्त्रणमा लिई हाल थप अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानले जानकारी दिएका छन् ।

सेवाग्राहीको सूचना एवं उजुरीका आधारमा क्षेत्रीलाई पक्राउ गरिएको हो ।

Scroll to Top