मनोहराबाट ८० प्रतिशत आफै बस्ती छाडेर हिँडे

मनोहरा नदी किनारमा बसोबास गरेकामध्ये करिब असी प्रतिशतले आफुखुशी बस्ती छाडेर हिँडेका छन् ।

थापाथलीपछि मनोहरा क्षेत्रमा बस्ती खाली गर्न जाँदा उक्त संख्याका परिवारले आफै घर-टहरा खाली गरिदिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार मनोहरा क्षेत्रको नदी किनारामा संरचना बनाएर बस्नेमध्ये करिब ८० प्रतिशत बासिन्दाले आफ्नो सामानसहित बस्ती छाडिसकेका छन् ।

बाँकी रहेका परिवारले पनि आफ्ना सामान ओसार्ने कार्य जारी राखेको बताउँदै उनले मनोहरामा बल प्रयोग गर्नुपर्ने वा अवरोध हुने अवस्था नआएको बताएका छन् ।

मनोहराको बस्तीमा ७ सय ७७ घरटहरामा करिब १ हजार ६०० भन्दा बढी मानिस बसोबास गर्दै आएका थिए ।

Scroll to Top