गर्भपतन गराउँदा गीताको मृत्युपछि डा. सतिषकुमारलाई निलम्बन सिफारिश

नेपाल मेडिकल काउन्सिलको छानबिन समितिले डा . रूपाखेतीलाई तत्कालका लागि निलम्बन गर्न सिफारिस गरेको छ । समितिको सिफारिसका आधारमा डा. रूपाखेतीलाई मेडिकल काउन्सिलले पनि निलम्बन गर्ने निर्णय गरेको छ।

काउन्सिलका रजिष्टार डा. सतिषकुमार देवले छानबिन समितिको सिफारिसका आधारमा शनिबार बसेको काउन्सिलको जुम बैठकले तत्कालका लागि रूपाखेतीलाई निलम्बन गर्ने निर्णय भएको बताए ।

‘डा. सतिष रूपाखेतीलाई तत्कालका लागि निलम्बन गर्ने निर्णय भएको छ,’ उनले भने, ‘गीता पाण्डेयको उपचारमा संलग्न भएका संस्था जोनल फार्मेसी र ईन्दुलेखा स्वास्थ्य क्लिनिकलाई बन्द गर्न जिल्ला प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको छ ।’

त्यस्तै उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि कारबाही गर्न सिफारिस भएको उनले बताए ।

पाल्पाको बगनासकाली गाउँपालिका-२ की २९ वर्षीया गीता पाण्डेयको झन्डै १४ हप्ताको गर्भपतन गराउने क्रममा वैशाख ६ गते मृत्यु भएको थियो ।

तर, गीताका परिवारले १२ हप्ताको भन्दै आएका छन् । छानबिन समितिको प्रतिवेदनले १३ हप्ता भन्दा बढी समयको गर्भ रहेको औंल्याएको छ ।

त्यस्तै छानबिन समितिले गीता पाण्डेयलाई गर्भपतनको औषधि उपलब्ध गराउने जोनल फार्मेसी र अन्तिम अवस्थामा गर्भपतनका लागि संलग्न रहेको ईन्दुलेखा स्वास्थ्य क्लिनिकले सेवा प्रवाहका लागि स्वीकृति नलिएको देखिएको छ ।

Scroll to Top