कसैले ‘सीपीआर’ दिन जानेको भए गौतम बाँच्थे – डा.बुढाथोकी

santan ads

नेकपा एमालेनिकट राष्ट्रिय ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष कमल गौतम बिहीबार भैरहवामा भाषण गरिरहेका बेला एक्कासी बेहोस हुँदै ढले।

उनीलाई तत्कालै मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकहरूले उनलाई अस्पताल पुगेपछि मृत घोषणा गरे।

गौतम ढल्दा मान्छेको भीड भएपनि कसैलाई पनि सीपीआरबारे थाहा नभएपछि उनको तत्काल मृत्यु भएको डा. केशव बुढाथोकीले बताएका छन् ।

डा. बुढाथोकीले मुलतः सीपीआर (कार्डियो पल्मोनरी रेससिटेसन)बारेमा सचेतना फैलाउन जरुरी भएको धारणा राखेका छन् ।

बुढाथोकीले भनेका छन्ः

यति धेरै witness हुँदाहुँदै पनि CPR को अभाबमा आज कसैले ज्यान गुमाउनु परेको छ। कसैले उतिनै खेर त्यहि ढलेकै ठाउमा CPR गरेको भए सायद ज्यान जानबाट जोगाउन सकिन्थ्यो कि !

यो सायद CPVT भन्ने Ion channelopathy रोगको कारणले हुन सक्छ। भाषण गर्दै गर्दा Catecholamine surge भई sudden VT/ VF अनि Sudden Cardiac Arrest भई भुईमा ढलेको हुनु पर्छ। उति नै खेर CPR पाएको भए ज्यान जोगिन सक्थ्यो। यसरि कोहि sudden cardiac arrest भइ ढलेमा हाम्रो हातमा ३ देखि ५ मिनेत मात्र हुन्छ। तर बिडम्बना सबैले अस्पताल पुराउन खोज्छन जसले गर्दा त्यो golden time पनि बितेर जान्छ अनि त ज्यान जोगाउने होईन कि अवश्य death हुन्छ। त्यसैले अस्पताल पुर्याउनुको सट्टा CPR दिन पाएको भए सायद ज्यान जोगिन सक्थ्यो। अब यसबाट पाठ सिकि हरेक school र college मा CPR training दिने कि, अब सोच्ने बेला आयो कि??? अब नि कति यस्ता घटनालाई Heart attack भनेर छोडिदिने हो।

यो घटनाहरु धेरै सिनिरहदा अब हरेक ब्यक्तिले CPR training लिने तिर अग्रसर हुने कि?? किन भने कोहि ढल्न बित्तिकै नाडिको चाल नभएमा तुरुन्त का तुरुन्तै गर्ने भनेको CPR मात्र हो। Chest compression मात्र गरे पनि हु्न्छ तर तरिका सहि हुनु पर्यो।

नर्भिक इन्टरनेशनल हस्पिटलमा कार्यरत बुढाथोकी मुटु तथा धड्कन रोग विशेषज्ञ हुन् ।

Scroll to Top