भोटेकोशी बाढीको वितण्डाः प्रहरी, नेपाली र चिनियाँसहित १८ बेपत्ता

santan ads

चीनतर्फबाट आएको बाढीका कारण रसुवामा १८ जना बेपत्ता भएका छन् ।

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयले दिएको सूचनाअनुसार भन्सार यार्डमा काम गर्नेमध्ये ९ जना नेपाली र ६ जना चाइनिज गरी १५ जना सम्पर्कविहीन छन् । साथै, उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत ३ जना प्रहरी कर्मचारी पनि बेपत्ता छन् ।

बेपत्ताको सूची –

सम्पर्कविहीन ३ प्रहरी

इप्रका टिमुरे रसुवामा कार्यरत रामेछापको लिखु तामाकोसी गाउँपालिका-४ का वर्षीय ४२ लालबहादुर श्रेष्ठ

इप्रका टिमुरे रसुवामा कार्यरत बाराका २४ वर्षीय मुन्ना ठाकुर

इप्रका टिमुरे रसुवामा कार्यरत बझाङका २३ वर्षीय लोकेन्द्र बोहोरा

चिनियाँ नागरिक

यु युए,

लि हुक्वाइङ,

नयाङ चुआन

यु हाइ हाङ

यु छिआओ कुई

जोउ योङ

नेपाली

बर्दियाका ३६ वर्षीय जिपन चौधरी

सोही स्थानका ३५ वर्षीय सन्तोष

२५ वर्षीय बुद्धिराम राम थारु

२४ वर्षीय लक्ष्मीनारायण थारु

३० वर्षीय सुरेश थारु

बागलुङका वनरेन्द्र विक

सिन्धुपाल्चोक घर भएका कन्टेनर डिब्बा चालक वर्षीय नखुलेका फुर्वा लामा

मिक्चर चालक वर्षीय पनि नखुलेका गोविन्द मोक्तान

हाइलक्स चालक वर्षीय पनि नखुलेका लोकमान तामाङ

यसैबीच, रसुवा उत्तरगया गापा ०५ उत्तरगयाधामको खोला किनारमा पुरुष व्यक्तिको दाहिने खुट्टासहित गुप्ताङ्ग फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

Scroll to Top