‘यसै आवभित्र नक्शा पासबिना बनेका संरचना अभिलेखिकरण गर्नु’ – पोखरा महानगर

santan ads

नयाँलिपिः पोखरा महानगरपालिकाभित्र रहेका घर तथा नयाँ संरचनाको यसै आर्थिक वर्षभित्र अभिलेखीकरण गर्न महानगरले सूचना जारी गरेको छ ।

महानगरभित्र प्रचलितक कानुन बमोजिम नक्शा पास नगरी निर्माण भएका नयाँ भवन तथा थपलगायतका निर्मित संरचना नियमित तथा अभिलेखीकरण गर्न भन्दै महानगरले यसको म्याद आगामी असार मसान्तसम्म तोकेको हो ।

नगरसभाबाट भवन नियमित तथा अभिलेखिकरणसम्बन्धी कार्यविधि–२०८० अनुरुप महानगरले आफ्नो क्षेत्रभित्र रहेका घर, संरचनाउपर लागु हुने गरी विधि कार्यान्वयन गर्न लागेको हो ।

निर्धारित मितिभित्र अभिलेखिकरण नगरे कानुन बमोजिम कारवाही हुने महानगरपालिकाको कार्यालयले जनाएको छ ।

Scroll to Top