‘बुलेट’विरुद्ध कठोर बन्दै ट्राफिक र नेपाल प्रहरी

santan ads

नयाँलिपिः जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जिल्लाका विभिन्न स्थानबाट स्वरुप परिवर्तन (मोडिफाई) गरिएका मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

बिभिन्न कम्पनीका सवारी साधनहरु बिक्रि बितरण भईसके पश्चात सवारी धनि एवं चालकले आफुखुसी बिभिन्न सामाग्रीहरु झिकी वा परिबर्तन गरी ठुलो आवाज निकाल्ने, हेण्डिलहरु परिबर्तन गर्ने, साईलेन्सर पाईपहरु परिबर्तन गर्ने, पड्कने बनाई चलाएको भन्दै नियन्त्रण लिएको हो ।

नियन्त्रणमा लिइएका मोटरसाइकलमध्ये रोयल इन्फिल्ड कम्पनीका बुलेटको बाहुल्यता रहेको छ ।

प्रहरीका अनुसार मोडिफाई मोटरसाइकलले समाजमा शान्ति सुरक्षामा खलबल एवं प्रतिकुल असर गर्ने, ध्वनी प्रदुषण गर्नेलगायत सवारी दुर्घटनाको जोखिम समेत बढ्ने भएकाले नियन्त्रणमा लिइएको हो ।

मोडिफाई गर्ने, अनावश्यक लाईट एवं प्रेसर हर्न जोड्ने ४३ वटा मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई पहिलाको स्वरुपमा ल्याउन लगाई कानुनि तथा ट्राफिक नियमसम्बन्धी सचेतनामुलक कक्षा दिइएको बताइएको छ ।

त्यस्तै, उनीहरुलाई कानुनि सचेतनापश्चात् ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९’ अनुसार ट्राफिक जरिवाना गरी छाडिएको चितवन प्रहरीले जनाएको छ ।

Scroll to Top