फाइनल दौडमा आज काठमाण्डौं भर्सेज चितवन

नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि यात्रामा अब एउटा गल्तीले पनि टोलीको सपना समाप्त हुन सक्छ ।

तीन सिजनको इतिहासमा अहिलेसम्म फाइनलसम्म पुग्न नसकेका काठमाडौं गोर्खाज र चितवन राइनोजबीच आज एलिमिनेटरमा प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण छ । 

किनकि पराजित हुने टोलीको एनपिएल यात्रा यहीँ समाप्त हुनेछ भने विजयी टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ ।

त्यहाँ पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्दै फाइनल प्रवेशको अर्को अवसर पाउनेछ । त्यसैले यो खेल काठमाडौं र चितवन दुवैका लागि उत्तिकै महत्वपूर्ण हुनेछ । 

एनपिएल इतिहास हेर्ने हो भने यी दुवै टोली अहिलेसम्म प्लेअफभन्दा पनि अगाडि बढ्न सकेका छैनन् । पहिलो सिजनमा चितवन राइनोज लिग चरणमा तेस्रो र काठमाडौं गोर्खाजले चौथो स्थान हासिल गरेको थियो । चितवन एलिमिनेटरमा कर्णाली याक्ससँग २१ रनले पराजित हुँदै बाहिरिएको थियो भने काठमाडौं लिग चरणपछि नै प्रतियोगिताबाट बाहिरिएको थियो । 

दोस्रो सिजनमा काठमाडौंले तेस्रो स्थान हासिल गर्दै प्लेअफमा स्थान बनायो । तर, एलिमिनेटरमा लुम्बिनी लायन्ससँग पराजित हुँदा प्रतियोगिताबाट बाहिरिनुपर्यो ।

चितवन भने सातौँ स्थानमा रहँदै लिग चरणबाटै बाहिरिएको थियो । यसरी दुवै टोलीले दुई/दुई पटक प्लेअफ खेले पनि अहिलेसम्म फाइनल पुग्न सकेका छैनन् ।

Exit mobile version