सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको छ । चाँदीको मूल्य पनि प्रतितोला १५५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।

यसअघि गत कात्तिक २३ गते छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँ र चाँदी तीन हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।

चार दिनको अवधिमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको महासङ्घले जनाएको छ ।

Exit mobile version