डोल्पा कारागारबाट भागेका ८ कैदी पक्रन सहयोग माग्दै प्रहरी

जिल्ला प्रहरी कार्यालय डोल्पाले कारागारबाट फरार भएका कैदीबन्दीको सूची सार्वजनिक गरेको छ ।

शनिबार बिहान ८ जना कैदीबन्दी सुरुङ खनेर भाग्न सफल भएका थिए ।

फरार कैदीबन्दी खोजीका लागि सम्पूर्ण प्रहरी युनिट परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

साथै, प्रहरीले फरार कैदीबन्दीको तस्बिर र विवरण पनि सार्वजनिक गर्दै आम नागरिकसँग सहयोगको अपील गरेको छ ।

फरार कैदीलाई कही देखे वा भेटे १००/ ०८७-५५००५६ / ९८५८३९०५८६ र ९८५८३०५५५५नम्बरमा खबर गरिदिन डोल्पा प्रहरीको अनुरोध छ ।

Exit mobile version