फ्लाई दुबईको पोखरा-दुबई उडानको समय तालिका परिवर्तन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थालेको फ्लाई दुबईले एक महिनापछि आफ्नो उडान तालिका परिवर्तन गरेको छ ।

सेप्टेम्बर २३ देखि उडान सुरु गरेको फ्लाई दुबईले आजदेखि समय तालिका परिवर्तन गरेको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीका अनुसार पर्सि आइतबारदेखि पोखरामा साँझ ७:३५ मा अवतरण गरेर सोही राति ८ः३५ बजे दुबई फर्कने छ ।

अक्टोबर २४ तारिखसम्म साँझ ६:१५ बजे आउने र ७:१५ मा फर्किने तालिका रहेको थियो । विमानले समय तालिका अनुसार नै उडान गरिरहेको छ ।

तोकिएको समय भन्दा विमान ढिला नभई केही समय अघि नै पोखरा आउने गरेको छ । विन्टर सिजनलाई ध्यानमा राखेर जहाजले समय तालिका परिवर्तन गरेको जनाइएको छ ।

यस एक महिनाको अवधिमा ६ हजार ३ सय ११ यात्रुले सेवा लिएका छन् ।

Exit mobile version