मध्यरात सुनकोशीमा जीप खस्दा तीनको मृत, बेपत्ता खोज्दै गोताखोर

सिन्धुलीको फिक्कल गाउँपालिकामा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा तीन जना बेपत्ता भएका छन् ।

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आइतबार राति करिब २ः३० बजे मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो ।

दुर्घटनामा तीन महिलाको घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ ।

बेपत्ताको खोजीमा गोताखोर परिचालन गरिएको छ।

दुर्घटनामा घाइते भएका चार जनालाई उद्धार गरी उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पठाइएको छ 

Scroll to Top